राजनीति


फागुन ४ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

फागुन ४ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८१ मंगलबार १९:४१, काठमाडौँ

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको बैठकमा हुने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने बताएका हुन्। 

उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका सदस्यहरुले फागुन महिनामा प्रश्न सोध्न नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते बुधबार दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने बताए। 

संघीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम कारबाहीहरू अघि बढाउन समितिका सभापति तथा सदस्यहरुको ध्यानाकर्षण गराए। 

प्रतिनिधिसभाको अर्को बैठक फागुन ४ गते १ बजे बस्नेगरी स्थगित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad