खेल


अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न तीन देशका टोली यसै साता काठमाडौँ आउने

टिकट दर ५ सय र एक हजार तोकियो
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न तीन देशका टोली यसै साता काठमाडौँ आउने

नेपालखबर
माघ २९, २०८१ मंगलबार १९:४९, काठमाडौँ

एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारीका लागि यसैसाता तीन देशका टोली नेपाल आउने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार फागुन १ गते किर्गिस्तान तथा २ गते म्यानमार र लेवनानका खेलाडी काठमाडौँ आइपुग्ने भएका हुन्।

एन्फाको आयोजनामा फागुन ५ गतेदेखि १४ गतेसम्मद शरथ रंगशालामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदै छ। च्याम्पियनसिपमा नेपालसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी टोलीलाई अभ्यासका लागि एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ।

नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको तयारीका लागि ३० सदस्यीय नेपाली राष्ट्रिय टोली प्रशिक्षणमा छ। बन्द प्रशिक्षण महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा सञ्चालन भइरहेको छ।

खेलहरु सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्।  

एन्फाले तयारी पूरा भएको जनाएको छ। प्रतियोगिताका लागि साधारण पारापिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ।

प्रतियोगिता सञ्चालन गर्न २ करोड ५० लाख ५६ हजार १०४ रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad