राजनीति


स्थानीय तहको संख्या घटाउन एमाले सांसद्को प्रस्ताव

स्थानीय तहको संख्या घटाउन एमाले सांसद्को प्रस्ताव

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८१ मंगलबार १७:२०, काठमाडौँ

नेकपा एमालेका सांसद वासुदेव घिमिरेले स्थानीय तहको पुनःसंरचना आवश्यक भएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले संघीय संरचना पुन:संरचना आवश्यक रहेको बताएका हुन्।  

उनले हाल रहेका ७५३ स्थानीय तहले राज्यलाई ठूलो आथिक भार परेको बताए। आगामी निर्वाचनसम्म ५०१ स्थानीय तहको प्रस्ताव कार्यान्वयन गर्न सके वार्षिक ३० अर्बसम्म व्ययभार कटौती गर्न सकिने उनको दाबी छ।  

प्रस्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी रहेको बताए।  
 
उनले हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad