राजनीति


चारजना प्रधानमन्त्री फेरिए, चार किलोमिटर सडक बनेन : गोकुल बास्कोटा

चारजना प्रधानमन्त्री फेरिए, चार किलोमिटर सडक बनेन : गोकुल बास्कोटा

फाइल फोटो


नेपालखबर
माघ २९, २०८१ मंगलबार १६:०, काठमाडौँ

नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशिध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।।


मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले चार जना प्रधानमन्त्री फेरिएपनि चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उनले त्यहाँका जनता आक्रोशित भएको उल्लेख गर्दै अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउनसक्ने बताए।

उनले भने, ‘चारवटा प्रधानमन्त्री फेरिए। चारै वटा मन्त्री पनि। सचिव कति फेरिए थाहा छैन। चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन। भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत। यही कुरा भन्नु भनेका छन् जनताले। नभए ढुंगा खाने स्थिति बन्यो अब।’

उनले काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गरे।

काठमाडौंका १७ प्रतिशत तरकारी काभ्रेले खपत गर्दै आएको उनको भनाइ छ।

बास्कोटाले भने, ‘काभ्रेले काठमाडौंका उपभोक्ताहरुलाई १७ प्रतिशत तरकारी दिन्छ। तरकारीका लागि पटेक क्षेत्रजस्तै छ काभ्रे। त्यसकारण सरकारसँग मिलेर पाँचवटा कोल्डस्टोर सरकारले बनाओस्। आगामी बजेटमा यो व्यवस्था गर्न माग गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad