राजनीति


भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने ‍जसपा नेपालको निर्णय

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने ‍जसपा नेपालको निर्णय

नेपालखबर
माघ २९, २०८१ मंगलबार १४:२०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ। आज मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको पार्टी संसदीय दलकोल बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको सांसद प्रकाश अधिकारीले नेपालखबरलाई जानकारी दिए।  

जसपाले अध्यादेशबारे अध्ययन गर्न राजकिशोर यादवको संयोजकत्वमा बनाएको कार्यदलको प्रतिवेदनमै यो अध्यादेश स्वीकार्न नसक्ने उल्लेख थियो। सरकारले ६ अध्यादेश सदनमा पेस गरेको थियो। 'कार्यदलको प्रतिवेदनमै भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नहुने निष्कर्षसहितको राय दिइएको थियो,' अधिकारीले भने, 'दलको बैठकले त्यसैलाई आधार मानेर निर्णय लियो।' 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad