राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारले मान्छे थुन्नकै लागि मात्रै सामाजिक सञ्जाल विधेयक ल्याएको आरोप लगाएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा श्रेष्ठले विधेयक हेर्दा धेरै मान्छे थुन्न जेल बनाइसकेको आभास भएको बताएका हुन्।
'के हामीसँग यति धेरै जेल छन् कि सामाजिक सञ्जाल विधेयकपछिका कसुरदारहरू राख्न सकियोस्। सरकार खुद्रे कुरामा लाखौँ-करोडौँ जरिवानाको मेन्यु ल्याउँदै छ। नागरिकलाई तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ,' उनले भने, 'तर, झुटा आश्वासन दिने, भ्रम फैलाउने, असम्भव बाचा गर्नेहरूलाई चाहिँ उन्मुक्ति! यो विधेयक साँच्चै न्यायका लागि हो कि आलोचकहरूलाई दमन गर्ने सरकारको हतियार मात्र?'
उनले सरकारमा बसेर झुट बोल्नेलाई तत्काल कारबाही गर्न पनि माग गरे। उनले भने, 'यदि, कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झुट बोल्नेहरू कारबाहीको पहिलो सूचीमा पर्नुपर्छ।'
सहिद गंगालाल र धर्मभक्तहरूले लडेर अभिव्यक्ति स्वतन्त्रता ल्याएको भन्दै सरकारले त्यसलाई कुण्ठित गर्न खोजेको उनको भनाइ छ। ।
Shares

प्रतिक्रिया