नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले हात्ती आतंकबाट नागरिकलाई सुरक्षित राख्न सरकारका योजनाबारे जवाफ माग गरेकी छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै झापाका जनता हात्ती आतंकबाट हैरान भइरहेको बताइन्।
'झापा जिल्लाका वडावडामा यतिबेला हात्ती आतंक छ । बुद्धशान्ति नगरपालिकामा त घरघरमा आक्रमण गरेर घरभित्र राखेका धानको बोरा फालिदिएको छ,' उनले भनिन्, 'जनता हात्तीबाट असुरक्षित हुँदा मर्निङवाकसमेत निस्किन सकेका छैनन्। जनताले राखेको ढुकुटीको धनसमेत सुरक्षित भएन ।'
उनले शान्ति सुरक्षा दिने दायित्वबाट नपन्छिन सरकारको ध्यानकर्षण गराइन्।
33
Shares

प्रतिक्रिया