राजनीति


काम गर्नेहरूलाई हावा गफ गर्नेसँग तुलना नगराैँ : उपप्रधानमन्त्री सिंह

काम गर्नेहरूलाई हावा गफ गर्नेसँग तुलना नगराैँ : उपप्रधानमन्त्री सिंह

नेपालखबर
माघ २५, २०८१ शुक्रबार ११:५४, काठमाडौँ

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्। शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ काे वडा भवन उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्।  

'संविधान जारी गरेकाे कुरा याे केही हाेइन भनेर भन्छन्। के गर्दा ठूलोे कुरा हुने यहाँ? काम गर्नुहरूलाई त्यसै हावादनरी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ?´ उनले भने,'तपाईं हामीले हाेहल्ला गर्ने पछाडिकाे नियत के हाे? त्याे पनि बुझ्नुपर्‍यो नि। हाेहल्ला गर्नेकाे पृष्ठभूमि कसैले नबुझ्ने। विदेशमा कति हजार डलर कमाइरहेकाे छाेडेर आकाे भनेर भन्छन्। छाेडेर आएकाे कि केही काण्ड भएर फर्केर आएकाे हाे? त्याे पनि बुझ्नुपर्‍यो नि।´ 

उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हाे भन्दै प्रश्न पनि गरे। उनले  राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूकाे ठण्डा दिमागले लेखाजाेखा गर्न पनि आग्रह गरे।
 
त्यस्तै उनले नागरिककाे सरकार स्थीर हाेस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेकाे र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएकाे पनि प्रष्ट पारे।  

त्यस्तै, फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताकाे लागि हुनुपर्ने र स्थानीयले उपभाेग गर्न पाउनुपर्ने बताए। सरकारले त्यसका लागि काम गरिरहेकाे भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे। 

उनले काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएकाे बताए। उनले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जाेड दिए। 

वडाकाे प्रशासकीय भवन बनेपछि काठमाडौं २९ काे सेवा प्रभावकारी बन्ने पनि सिंहले विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad