राजनीति


राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालखबर
माघ २३, २०८१ बुधबार ९:३६, काठमाडौँ

अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मंगलबार क्यानबेरामा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। 

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत यादवले  गभर्नर जनरलसँग शिष्टाचार भेटसमेत गरेकी छन्। 

त्यस अवसरमा राजदूत यादवले  नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट  शुभकामना व्यक्त गरेकी छन्। क्यानबेरास्थित नेपालको राजदूतावासका अनुसार राजदूत यादवले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमण गर्न आमन्त्रणसमेत गरेकी छन्।

साथै  गभर्नर जनरल र राजदूत यादवबीच नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै  साझा हित र चासोका विषयमा विचारविमर्श भएको छ। 

पारस्परिक समझदारी, विश्वास र सहयोगमा आधारित द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन क्रियाशील रहने प्रतिबद्धता राजदूत यादवले व्यक्त गरेकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

ओहोदाको प्रमाणपत्र प्रदान समारोहमा अस्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारी र नेपाली दूतावासका कर्मचारीहरूको पनि उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad