अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टी ‘कब्जा’ गर्ने कुरा गरेका छन्।
मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजा पट्टी अमेरिकाले आफ्नो अधीनमा लिने बताएका हुन्।
‘अमेरिकाले गाजा पट्टी कब्जा गर्नेछ र हामी यससँगै काम पनि गर्नेछौँ’, उनले भने।
सीएनएनका अनुसार त्यसो भए गाजामा अमेरिकी सेना पठाउनुहुन्छ भनेर सोध्दा ट्रम्पले यो सम्भावना रहेको संकेत गरे।
‘हामी आवश्यकताअनुसार गर्नेछौँ। आवश्यक परे त्यसो गर्न पनि सक्नेछौँ। हामी गजालाई आफ्नो अधीनमा लिएर त्यहाँ विकास गर्नेछौँ’, उनले भने।
393
Shares

प्रतिक्रिया