राजनीति


भारतसँग सीमानाका बन्द गर्नेबारे छलफल तीब्र

भारतसँग सीमानाका बन्द गर्नेबारे छलफल तीब्र

नेपालखबर
चैत ९, २०७६ आइतबार १०:१०,

सरकारले भारतसँगका सीमा नाका बन्द गर्नेबारे छलफल र तयारी तीब्र पारेको छ।

त्यसबारे गृह मन्त्रालयले तयार पारेको प्रस्तावमाथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिमा आइतबार छलफल भएको छ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेश गरेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट तथा नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरीका प्रमुख लगायत सो बैठकमा सहभागी छन्।

सो समितिमा छलफलपछि अन्तिम रुप दिइने सो प्रस्तावअनुसार आज (आइतबार) नै बस्ने मन्त्रिपरिषद् बैठकले सीमानाका बन्द गर्नेबारे निर्णय लिइने बताइएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका बिरामी नभेटिए पनि साढे तीनसय भन्दा बढिको संख्यामा संक्रमित रहेको भारतबाट दिनहुँ हजारौं मानिस नेपाल भित्रिएपछि अहिले भारतसँगका नाका बन्द गर्न चौतर्फी आवाज उठिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad