समाज


गड्डाचौकी नाका मंगलबारदेखि बन्द

गड्डाचौकी नाका मंगलबारदेखि बन्द

नेपालखबर
चैत ९, २०७६ आइतबार १०:९,

भारतबाट फर्केने नेपालीको अत्यधिक चाप भएको पश्चिमी सिमानाका गड्डाचौकी पर्सि (मंगलबार) बिहानदेखि पूर्ण रुपमा बन्द हुने भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मंगलबार बिहान ७ बजेदेखि नाकामा पैदल यात्रुसमेत आवतजावत बन्द गर्ने निर्णय गरेको हो। नाकाबाट प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच प्रभावकारी तुल्याइएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले उनीहरुको विवरण कम्प्युटर प्रणालीमा यद्यावधिक तुल्याउने जनाएको छ।

यस्तै, दैनिक उपभोग्य सामानहरु खाद्य, दुध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको कार्यमा संलग्न यातायात बाहेक अरु सबै पसल, व्यवसाय, उद्योग, कलकारखाना आजै दिउँसो १२ बजेदेखि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले बिनाकाम घर बाहिर ननिस्न आग्रह गर्दै सूचनाको बर्खिलाप गरे सुरक्षाकर्मी तथा अधिकारप्राप्त अधिकारीले कानुन बामोजिम गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad