राजनीति


राजदूत श्मुलिक भन्छन् : इजरायलमा अहिले शान्ति छ, नेपाली कामदार लिन चाहन्छौँ

राजदूत श्मुलिक भन्छन् : इजरायलमा अहिले शान्ति छ, नेपाली कामदार लिन चाहन्छौँ

नेपालखबर
माघ २१, २०८१ सोमबार १७:१८, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेट गरेका छन्।

आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आई राजदूत श्मुलिकले शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको छ।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध घनिष्ट रहेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र बलियो हुने विश्वास व्यक्त गरे।

इजरायलले शुरु गरेको लर्न एण्ड अर्न कार्यक्रम नेपालहरुका लागि निकै प्रभावकारी भएको र त्यस्ता कार्यक्रममा गएका नेपालीहरूले कृषि प्रविधिको राम्रो ज्ञान प्राप्त गरी स्वदेश फर्किएर राम्रो प्रगति गरेको उनले बताए।

लर्न एण्ड अर्न कार्यक्रममा इजरायल पुगेका नेपाली विद्यार्थीमाथि गतवर्ष भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न आग्रह गरे।

हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीलाई छुटाउन आफूहरूले निरन्तर पहल गरिरहेको भन्दै राजदूत श्मुलिकले आज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यहरुलाई भेटेको बताए।

इजरायलको अवस्था परिवर्तन भइसकेको र अहिले शान्तिपूर्ण रहेको भन्दै उनले कृषि, पर्यटन, स्वास्थ्य र निर्माणका क्षेत्रमा नेपाली कामदारहरूलाई इजरायलले लिन चाहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad