प्रविधि मेला क्यान इन्फोटेक यही माघ २४ गतेदेखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
कम्युटर एसोसिएसन नेपाल (क्यान)ले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो।
महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेकाअनुसार यसको तयारी अन्तिम चरणमा पुगेको छ।
क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच गहन छलफल हुने क्यानले जनाएको छ।
३०औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम छन् ।

प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम छ। त्यस्तै क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि. (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रा. लि. र अनलिमिटेड टेक्नोलोजी प्रा. लि (ज्याप) रहेका छन्।
यसपटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जाल मार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिनेछ।
प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन्।
मेला अवलोकन गर्ने सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ।
ज्येष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था छ।
क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् भने यसमध्ये १२० बढी स्टल बुकिङ भइसकेको क्यानले उल्लेख गरेको छ। यस संस्करणको इन्फोटेक मेलामा साढे ३ लाख दर्शक आउने अपेक्षा क्यानले गरेको छ।
Shares

प्रतिक्रिया