न्यायपरिषद् सदस्यमा दामोदर खड्का नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार परिषद् सदस्यमा खड्कालाई नियुक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एशोसिएशनको सिफारिस अनुसार वरिष्ठ अधिवक्ता खड्लाई नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
नेपाल बार एशोसियसनबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो। खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो।
30
Shares

प्रतिक्रिया