कोरोना संक्रमणको त्रासका कारण आफ्नै निवासमा बसिरहेका नेताहरुले बिभिन्न ढंगबाट समयको सदुपयोग गरिरहेका छन्।
यसैबीच नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित आफ्नै निवास परिसरमा साइक्लिङ गर्न थालेको जानकारी सार्वजनिक गरिएको छ।
प्रचण्डका ज्वाईं जीवन आचार्यले पूर्वप्रधानमन्त्री प्रचण्डले साइकल चलाइरहेका तस्बिर र भिडियो आइतबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
‘सेल्फ क्वारेन्टाईनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ। शारीरिक व्यायामले ईम्युनिटी पावर (रोग प्रतिरोध क्षमता) बढाई कोरोनाविरुद्ध लड्न मद्दत पुर्याउदछ,’ आचार्यले तस्बिरसँगै लेखेका छन्।
प्रचण्डले आइतबार कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतना फैलाउन पार्टी पंक्ति र आम जनसमुदायलाई आग्रह गरेका थिए।
आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह पनि गरेका छन्।
प्रतिक्रिया