ad ad

समाज


माछापुच्छ्रे बैंक र प्रहरीको पहलमा ठाउँ-ठाउँमा हातधुने व्यवस्था

माछापुच्छ्रे बैंक र प्रहरीको पहलमा ठाउँ-ठाउँमा हातधुने व्यवस्था

नेपालखबर
चैत ९, २०७६ आइतबार ९:४,

माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाडौंका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरिएको छ।

माछापुच्छ्रे बैंकले आइतबारदेखि काठमाडौंको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्यांकी तथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको हो। आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरे।

अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाडौं तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो।

विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुनु अनिवार्य रहेको तथा काम विशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्वजनिक स्थानमा हात धुन सम्भव नहुने हुँदा आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको बैंकले जनाएको छ।

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने हुनाले माछापुच्छ्रे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाइजरको व्यवस्था गरेको छ।

बैंकले अत्यावश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ। साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुुँदा नगद कारोबारलाई कम गरिदिनसमेत बैंकले आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .