पूर्वेली मौलिक गीतमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित गायक खगेन्द्र यक्सो (लिम्बु)को अर्को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका आभा मुकारुङको साथमा उनले ‘बित्ला है जोवन’ बोलको भिडियो सार्वजनिक गरेका हुन्। सुबी राईको शब्द तथा संगीत एवम् बलराम समालको एरेञ्ज रहेको यो गीतले पूर्वको लिम्बु समुदायको मौलिक संस्कार र संस्कृतिलाई उजागर गरेको छ।
संखुवासभाको संगमस्थल तीनजुरे चौकी मंगलबारे अनी म्याङ्लुङ जिरिखिम्तीमा लाग्ने वर्षदिने रमाइलो ऐतिहासिक मेला खरन्डे मेला लालिगुराँस नगरपालिका अन्तर्गत बसन्तपुरको रमाइलो एवम् सुन्दर चोलुङ पार्कको दृश्य रहेको छ।
म्युजिक भिडियोमा यस अघि अत्याधिक चर्चित बनेको सिङ्गौरी बोलको गीतका चर्चित लोकप्रिय मोडल योगेन राइ र आशा चोङ्बाङ्क्याकको बेजोड अभिनय देख्न सकिनेछ। उनीहरुका अलावा बुद्धबिर चोङ्बाङ्क्याक, चन्द्र फागोचोङ्बाङ, पत्रकार टि आर सेनेहाङ, लाम्देङमा फिल्मका नायक देबेन्द्र चोङ्बाङ, सीता तुम्बाहाङ्फे, अमृता लिम्बु, बिक्की थापामगर आदी को पनि अभिनय रहेको यो म्युजिक भिडियोमा शिरकुमार साम्पाङको छायाँकन रहेको छ।
गाउँ घर तिर लाग्ने बजार गाको बेलाको रमाइलो क्षणलाई अत्यन्तै कलात्मक ढंगले प्रस्तुत गरिएको यो म्युजिक भिडियोमा देओ कृष्ण देवानले सुन्दर कोरियोग्राफ गरेका छन् भने निर्देशनको पाटोलाई मेलोडी किङको रुपमा समेत चिनिने गायक तथा कुशल संगीतकार खगेन्द्र यक्सोले सम्हालेका छन्। युट्युब च्यानल युमा आर्ट्समा हेर्न सकिने यो गीतमा रोयल डान्स सेन्टर धरानका नृत्यकारहरुको बेजोड नृत्य समेत हेर्न सकिन्छ।
Shares
प्रतिक्रिया