अमेरिकाले इरानलाई कोरोना भाइरसविरुद्ध सहयोग गर्ने प्रस्ताव राखेपछि इरानले अमेरिकी प्रस्ताव अनौंठो भएको प्रतिक्रिया जनाएको छ।
इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खामेनेइले अमेरिका आफैं कोरोनाको मारमा परेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोे प्रस्ताव अनौंठो भएको बताएका छन्।
रोयटर्सका अनुसार खामेनेइले सरकारी टेलिभिजनमा एक भाषणका क्रममा भनेका छन्,‘अमेरिकाले कोरोनाविरुद्ध सहयोग गर्छौ भनेर कयौंपटक प्रस्ताव गरेका छन्। उक्त भाइरस अमेरिकाले नै फैल्याएको भन्ने आशंका पनि छ। उनीहरुको प्रस्ताव अनौंठो छ किनभने अमेरिका आफैं भाइरसको समस्याले ग्रस्त छ।’
हालसम्म अमेरिकामा २६ हजार ८९२ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ ३ सय ४८ को मृत्यु भइसकेको छ।
इरानमा २० हजार ६१० संक्रमित छन्। १५ सय ५६ को मृत्यु भइसकेको छ। संक्रमित संख्या हेर्दा इरानमा भन्दा अमेरिकामा बढी कोरोनाबाट बिरामी छन्।
Shares
प्रतिक्रिया