राजनीति


०८४ को चुनावअघि नै महाधिवेशन नगरी हुँदैन, सार्न संविधानले पनि दिँदैन : गगन थापा

०८४ को चुनावअघि नै महाधिवेशन नगरी हुँदैन, सार्न संविधानले पनि दिँदैन : गगन थापा

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८१ शनिबार १४:३०, काठमाडौँ

नेपाली  कांग्रेसका महामन्त्री  गगन थापाले पार्टीमो महाधिवेशन २०८४ को चुनावअघि नै गर्नुपर्ने र त्यसको कुनै विकल्प नभएको बताएका छन्।

शनिबार आयोजित पार्टीको काठमाडौँ महानगरपालिका– ७ को सम्मेलनमा बोल्दै उनले केही नेताहरुले चुनावपछि पनि महाधिवेशन गर्दा हुने भनेर बोलेको भए पनि सार्न संविधानले पनि नदिने तर्क गरे।

‘०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ,’ थापाले भने, ‘तर त्यो गर्नै मिल्दैन। महाधिवेशन सार्न संविधानले पनि दिँदैन। एक महाधिवेशनबाट अर्को महाधिवेशन बीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन।’

उनले अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्ने जिकिर गरे। ‘२०८४ को स्थानीय चुनाव,आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरीकन पाइँदैपाइँदैन,’ थापाको भनाइ छ,  ‘त्यो भन्दा पहिले पार्टीको अधिवेशन गर्नैपर्छ। अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ। त्यो नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad