राजनीति


एकीकृत समाजवादी स्थायी कमिटीको बैठक माघ २८ गते

एकीकृत समाजवादी स्थायी कमिटीको बैठक माघ २८ गते

नेपालखबर
माघ १८, २०८१ शुक्रबार २१:३८, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले यही माघ २८ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

यही माघ ३० गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा, कार्यसूची अनुमोदन गर्ने उक्त पार्टीको वडा तहबाटै सङ्गठन गठन र पुनःगठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गरिने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गरिने जनाइएको छ।

राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिने बैठकमा सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ। केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। यही माघ २९ गते पोलिटब्यूरो बैठक बस्ने कार्यसूची छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad