राजनीति


रास्वपाले पाएको जनमतलाई एमाले नेता ज्ञवालीले गरे हिट्लर र मन्डेलाको शासनकालसँग तुलना

रास्वपाले पाएको जनमतलाई एमाले नेता ज्ञवालीले गरे हिट्लर र मन्डेलाको शासनकालसँग तुलना

नेपालखबर
असार ७, २०८३ आइतबार १७:२७, काठमाडौँ

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले रास्वपाले पाएको जनमतलाई हिट्लर र नेलसन मण्डेलाको शासनकालसँग तुलना गरेका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनादेशको सदुपयोग गर्नुपर्ने बताएका हुन्।

‘विश्व राजनीतिमा जनादेशको सन्दर्भमा दुई वटा रिफ्रेन्सेहरूलाई प्राय: उल्लेख गरिन्छ। १९३३ मा जमर्नको संसद्मा त्यहाँको नेसनिसल्ट सोसलिस्ट जर्मन वर्कर पार्टी (हिट्लरको नेतृत्व) ले हासिल गरेको जनमत र अर्को १९९४ मा दक्षिण अफ्रिका अफ्रिकन नेसनल कंग्रेसले नेलसन मण्डेलाको नेतृत्वमा प्राप्त गरेको जनादेश। यसको प्रयोग भयो वा सदुपयोग भयो हाम्रा लागि निकै महत्तपूर्ण रिफ्रेन्स हुन सक्छ भन्ने म ठान्दछु।’

रास्वपाले इतिहासका गलत शिक्षाहरूबाट होइन यो जनादेशलाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र जनतामा उज्यालो ल्याउन सदुपयोग गर्ने उनले विश्वास पनि व्यक्त गरे। साथै ज्ञवालीले असीमित जनमत ठिक ढंगले सदुपयोग भएन भने त्यो उत्तिकै भयावह हुनेछ भन्ने हेक्का राख्न पनि आग्रह गरे।

‘सानो गल्ती, अभिव्यक्ति, जेस्चर र एउटामात्रै गलत निर्णयले हाम्रोजस्तो सानो देशले भूराजनीति दबाब थेग्न गाह्रो हुन्छ,’ उनले भने, ‘सरकारका प्रारम्भिक केही गतिविधिहरूले प्रश्नहरू खडा गरेका छन्। ती प्रश्नहरूको जवाफ नेपाली जनतालाई दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad