राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ‘बालेनले राजा ल्याउँछ’ भनेर जनताले रास्वपालाई भोट दिएको बताएका छन्।
आइतबार चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रास्वपाको भोटमा राजा चाहिन्छ भन्नेहरूको पनि मत भएको बताएका हुन्।
‘यो भोटमा नेपालमा राजा चाहिन्छ भन्ने भोट पनि छ,’ उनले भने, ‘बालेनले राजा ल्याउँछ भनेर तपाईंलाई भोट दिएका मान्छेहरू छन्।’
उनले संविधान र संवैधानिक व्यवस्थामा पनि समस्या भएको बताए। ‘संविधानमा परिवर्तन नगरिकन यसमा राष्ट्रिय सहमति नगरिकन देशले लिक पकडिँदैन,’ लिङ्देनले भने, ‘यो ऐतिहासिक जिम्मेवारी र ऐतिहासिक अवसर प्राप्त गर्नुभएको छ, यसको सदुपयोग होस्।’
उनले निषेधको राजनीति होइन, सहमतिको राजनीतिबाट अगाडि बढ्न पनि सुझाव दिए।
Shares

प्रतिक्रिया