राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना सन्देश दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता पार्टी (बीजेपी)ले शुभकामना दिएका हुन्।
आइतबारबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा उनीहरूको पत्र पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले पढेर सुनाएका थिए।
सीपीसीले समग्र पार्टीलाई सम्बोधन गरेर शुभकामना दिएको थियो। बीजेपीले भने सभापति रवि लामिछानेलाई सम्बोधन गरेर शुभकामना सन्देश पठाएको थियो।
यस्तै अन्तर्राष्ट्रिय कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज्ले पनि रास्वपाको महाधिवेशनमा शुभकामना सन्देश पठाएको छ।
105
Shares

प्रतिक्रिया