कोशी


बालिकाको शव गाडिएको अवस्थामा फेला, हजुरबुबासहित परिवारका ६ जना पक्राउ

बालिकाको शव गाडिएको अवस्थामा फेला, हजुरबुबासहित परिवारका ६ जना पक्राउ

सुमन सुस्केरा
माघ १८, २०८१ शुक्रबार २१:५८, विराटनगर

मोरङको विराटनगरमा एक बालिकाको हत्याको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या गरेर गाडेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित विशाल चोक कलेर्वा टोलमा गाडिएको अवस्थामा एक १४ वर्षीय बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। भारत घर भएकी १४ वर्षीय चाँदनी यादव २०।२५ दिन पहिला मावली घर विराटनगर आएकी थिइन्।

तिनै बालिकाको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। बालिकाको शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।  

भारत बिहार घर भएकी बालिका करिब एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावली घर विराटनगर आएकी थिइन्। बालिकालाई मावलीमा हजुरबुबा सरजुग मण्डलको साथमा छाडेर उनका आमाबुबा भारत फर्किएका थिए। 

९।१० दिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधिखोजी गरेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार, मृतक बालिकाको हजुरबुबा मण्डलले नातिनी आफ्नै घर फर्किएको बताएको भए पनि स्थानीयले विश्वास नगरेर यो विषय प्रहरीमा पुर्‍याएका थिए।  

स्थानीयले बालिकाको बारेमा प्रहरीलाई जानकारी गराएपछि प्रहरीले यस बारेमा अनुसन्धान थालेको डिएसपी जोशी बताउँछन्।

अनुसन्धानको क्रममा मावलीका आफन्तले केही थाहा नपाएको जस्तो गरेको सूक्ष्म अनुसन्धान गर्ने क्रममा  मण्डलको घरबाट करिब ३८ मिटर दक्षिण  तर्फ आँप र अम्बा खेतमा  गाडिएको अवस्थामा बालिकाको शव फेला परेको डिएसपी जोशीले जानकारी दिए।

प्रहरीले आलो गोबरमाथि तोरीको जट्टामा आलो माटो देखेपछि त्यसलाई खनेर हेर्दा शव फेला परेको उनले जानकारी दिए।  

बालिकाको हत्या गरी गाडेको आरोपमा मृतकका मावली हजुरबुबा ५७ वर्षीय मण्डलसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ परेका अन्य व्यक्ति पनि एकाघरका सदस्य भएको  डिएसपी जोशीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad