राजनीति


रास्वपाको मञ्चमा बाबुराम- गगनदेखि उपेन्द्र र सिकेसम्म (तस्बिरहरू)

रास्वपाको मञ्चमा बाबुराम- गगनदेखि उपेन्द्र र सिकेसम्म (तस्बिरहरू)

सरोज नेपाल
असार ७, २०८३ आइतबार १६:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी भएका छन्।

चितवनको भरतपुरमा सुरु भएको महाधिवेशनमा शुभकामना दिन नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका नेताहरू मञ्चमा आसिन छन्।

कार्यक्रममा कांग्रेस सभापति गगन थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतका नेताहरूले शुभकामना दिँदै छन्।

सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए।

सँगै अन्य दलका नेताहरूले पनि घण्टी बजाएका थिए। प्रधानमन्त्री बालेनले उनीहरूलाई आफैं घण्टी दिएर बजाउन लगाएका थिए।
महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि सहभागी रहेका आयोजकले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad