उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमलाई व्यक्तिगत पत्र पठाउँदै अमेरिका–उत्तर कोरियाको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका छन्।
उत्तर कोरियासँगको सहकार्यलाई अगाडि बढाउँदै अमेरिकाले उत्तर कोरियालाई कोरोना भाइरसविस्द्ध सहयोग गर्ने प्रस्ताव गरेको केसीएनएले बताएको छ।
उत्तर कोरियाली सरकारका अनुसार हालसम्म त्यहाँ कोरोनाबाट कोही संक्रमित छैनन्। अमेरिकामा भने कोरोनाबाट २६ हजार ८९२ संक्रमित छन्। ३ सय ४८ को मृत्यु भइसकेको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया