सेयर लगानीकर्ताहरुले सेयर कारोबार रोक्का गर्न माग गरेको छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से)लाई कोरोनाको कारणले मानिसको जनजीवन प्रभावित भएको भन्दै कारोबार रोक्न माग गरिएको हो।
लगानीकर्ताहरुको पाँचवटा संस्थाहरुले एकसाथ नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई भेटेरै कारोबार रोक्का गर्न माग गरेका छन्। नेप्सेले भने उनीहरुलाई कारोबार अनलाइन प्रणालीमा हुने भएकोले रोक्का गर्न आवश्यक नरहेको बताएको छ।
नेपालमा अनलाइन प्रणालीको कारोबार सुरु भए पनि नगन्य मात्रामा मात्रै रहेको लगानीकर्ताहरुको भनाइ छ। लगानीकर्ताहरुका अनुसार २० लाखको सेयर कारोबार गर्ने डिम्याट खाता रहेकोमा २० हजार मात्रै अनलाइन कारोबार गरिरहका छन्। त्यसकारणले कारोबार बन्द गर्नुपर्ने उनीहरुको माग छ।
आज आइतबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, नेपाल पुँजीबजार संघलगायतले नेप्सेका सीईओ साउदसँग छलफल गरेका थिए। तर छलफल सहमतिविनै सकिएको छ। छलफलको क्रममा केही भनाभन समेत भएको एक लगानीकर्ताले जानकारी गराए।
प्रतिक्रिया