राजनीति


सभामुखले समय नदिएपछि १५ मिनेट बहिष्कार गर्‍यौँ : सोविता गौतम

सभामुखले समय नदिएपछि १५ मिनेट बहिष्कार गर्‍यौँ : सोविता गौतम

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८१ शुक्रबार १४:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुखले आफ्ना कुरा राख्न समय नदिएपछि बहिष्कार गरेर हिँडेको स्पष्ट पारेको छ। रास्वपाकी सांसद सोविता गौतमले सभामुखले आफ्ना माग सुनुवाइ नगरेपछि १५ मिनेट बैठक बहिष्कार गरेको बताइन्। 

'हाम्रा केही विशेष कुराहरू छन् जुन हामी राख्न चाहन्छौँ भनेर सभामुखसमक्ष समय मागेका थियौँ। उहाँले समय दिनु भएन,' उनले भने, 'समय नदिएपछि हामीले १५ मिनेट बैठक बहिष्कार गर्ने निर्णय गर्‍यौँ।' उनले १५ मिनेट पूरा भएपछि आफूहरू बैठककक्षमा गएको पनि बताइन्।  

आजको बैठकको सुरुवातमा सभामुख देवराज घिमिरेसमक्ष रास्वपाले आकस्मिक समय मागेको थियो। तर हिउँदे अधिवेशनको पहिलो बैठकको भएकोले आज आकस्मिक समय कार्यसूचीमा नरहेको भन्दै पेलेरै बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त बैठक पढेर सुनाएका थिए। लगत्तै सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष समय माग गरेको भन्दै बोल्न समय दिएका थिए। 

सभामुखले रास्वपाले आफ्नो भनाइ दलीय आधारमा बोल्नेक्रममै राख्न पटकपटक आदेश र निर्देशन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad