राजनीति


केपीले प्रचण्डलाई दिएको डायरीमा के छ?

केपीले प्रचण्डलाई दिएको डायरीमा के छ?

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १४:१४, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्नुअघि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डायरी दिए।

'प्रचण्डले के छ यहाँ ?' भनेर प्रश्न गरे।

'अनि राख्नुस् न' भन्दै ओली पोडियमतिर गए। प्रचण्डले डायरी आफूतिर तानेर राखे।

गएको असार १७ गते मध्यराति आफैले साथ दिएको प्रचण्ड नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले समझदारी गरेका थिए।

कांग्रेसको साथ लिएर ओली असार ३० गते प्रधानमन्त्री बने। त्यसयता प्रचण्डसँग उनको सम्बन्ध सुमधुर छैन। तर, संसद बैठकमा ओलीले दिएको डायरीमा के लेखिएको छ भन्ने चासो छ।

प्रचण्डसँगै बसेका पार्टीका उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन चासो दिएका थिए। सँगै लहरमा रहेका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महीन्द्रराय यादवलाई नेपालखबरले सोधेको थियो त्यो डायरमा के छ?। उनले भने, ‘डायरीजस्तो देखिने वस्तु दिनुभएको त हो तर के हो र त्यसमा के लेखिएको छ, थाहा भएन।’

भिडिओमा हेर्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad