प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटनालाई न्युनीकरणका लागि सरकारले विभिन्न योजनाहरू अघि बढाएको दाबी गरेका छन्। शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै ओलीले बुटवल-पाल्पा सडक क्षेत्रमा पछिल्लो नौ वर्षमा ४२ वटा सवारी दुर्घटना भएको र धेरै मान्छेको निधन भएको प्रसंग उठाउँदै सिद्धबाबा सुरुङ ब्रेक थ्रु भइसकेको बताएका हुन्।
'ओलीले बुटवल-पाल्पा सडकमा पछिल्लो नौ वर्षमा ४२ पटक सवारी दुर्घटना भयो। धेरैको ज्यान गयो। त्यो समाचार हेर्दाहेर्दै ज्यान सिरिंग भयो,' उनले भने, 'म तीनका परिवारलाई सम्झिएर भावुक पनि भएँ। मैले संकल्प गरेँ यस्ता बेदनाबाट पार पाउन हामी केही गर्नुपर्छ। हिउँदे अधिवेशन सुरु हुनु केही दिनअघि शिद्धबाबा सुरुङ ब्रेक थ्रु भएको छ। केही समयमा सुरुङ सञ्चालनमा आउँछ। यो सडक कालिगण्डकी करिडोरमा जोडिएको छ। प्रधानमन्त्री भएपछि विश्वासको मत लिनेक्रममा भनेको थिएँ- थालेको काम टुंगोमा पुर्याउने। अहिले त्यो गर्दैछौँ।'
Shares

प्रतिक्रिया