ad ad

राजनीति


भारतमा बिहानैदेखि ‘जनता-कर्फ्यु’ सुरु, कोही घरबाट बाहिर ननिस्कने

भारतमा बिहानैदेखि ‘जनता-कर्फ्यु’ सुरु, कोही घरबाट बाहिर ननिस्कने

नेपालखबर
चैत ९, २०७६ आइतबार ४:५१,

कोरोना संक्रमण महामारी नियन्त्रणका लागि आज (आइतबार) बिहानैदेखि ‘जनता-कर्फ्यु’ सुरु गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानअनुसार आइतबार बिहान ७ बजेदेखि अब राति ९ बजेसम्म भारतका जनता अत्यावश्यक नपरेसम्म घरबाहिर निस्कने छैनन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सन्देश जारी गर्दै आज आइतबार सबै देशवासीलाई घरबाहिर ननिस्कन आह्वान गरेका थिए।

यसलाई ‘जनता-कर्फ्यु’ नाम दिइएको छ।

मोदीले सन्देशमा भनेका छन्, ‘अति आवश्यक नभईकन घरबाहिर ननिस्कनू, कोरोना नियन्त्रणका लागि यो कर्तव्य पालना गर्ने संकल्प गरौं। यसबाट आगामी दिनका लागि एक महत्वपूर्ण अनुभव बन्न सक्नेछ।’

मोदीको आह्वानअनुसार आज भारतको राजधानी रहेको दिल्लीलगायत पूरै देश बन्द भएको छ।

 दिनहुँ हजारौं गाडी गुड्ने दिल्लीका सडक अहिले सुनसान बनेका छन्। पसल सबै बन्द गरिएका छन्।  मानिसको ओहोरदोहोर ठप्प भएकाे छ। 

कोरोना भाइरसबाट भारतमा आइतबार बिहानसम्म ३ सय जना संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .