राजनीति


चिनियाँ एआईबारे प्रधानमन्त्रीको टिप्पणी– ब्रुस लीजस्तो आयो, तहल्का मच्चायो

चिनियाँ एआईबारे प्रधानमन्त्रीको टिप्पणी– ब्रुस लीजस्तो आयो, तहल्का मच्चायो

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८१ बिहिबार १३:२९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ चिनियाँ एआई च्याटबट डीपसीकले विश्वभर तहल्का मच्चाएको टिप्पणी गरेका छन्। बिहीबार भृकुटीमण्डपमा आयोजित औठौँ चेम्बर अफ कमर्शको एक्सपोलाई सम्बोधन उनले स्थापित एआईलाई चुनौती दिएको बताए।

हङकङका मार्सल खेलाडी ब्रुस ली जस्तै सबैलाई ढालीहाल्ने तरिकाले आएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘अहिले जुन एआई आएको छ। च्याटजीपीटी, अरु इत्यादी एआईलाई निकै संकटग्रस्त बनाएको छ,’ उनको भनाइ छ, ‘किनभने त्यो धेरै गुणा महँगो, यो धेरै गुणा सस्तो। कमसेकम १५ गुणा सस्तो भएको हुनाले यसले बजार लिने सम्भावना देखिन्छ।’

ओलीले अगाडि भने, ‘यो ब्रुस ली जस्तो आयो क्या। ज्यान स्यानो छ, झट्याङझुटुङ हानिहाल्छ, ढालीहाल्छ खालको।’

अचानक आएर २४ घण्टामै यो स्थापित भएको उनको भनाइ छ। ‘अचनाक आयो, आइसक्दाखेरी तहल्का मच्चायो,’ प्रधानमन्त्री ओलीले भने, ‘२४ घण्टामा विश्वव्यापी परिचय स्थापित गर्‍यो र एआई क्षेत्रमा झट्का दियो।’ 

अहिले आफूहरू उपभोक्ता मात्रै भएको भन्दै उनले जुन सस्तो हुन्छ, त्यही प्रयोग गर्ने बताए। ओलीले भने, ‘जसले गरोस्, हामी त उपभोक्ता हौँ अहिले। हामीलाई सस्तो चाहिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad