हङकङ : सडकमा बेहोस भेटिएका पाकिस्तानी पुरुषको मृत्यु

हङकङ : सडकमा बेहोस भेटिएका पाकिस्तानी पुरुषको मृत्यु

बेहोस भेटिएका कामदारको यानचाइ अस्पतालमा मृत्यु भएको हो (एससीएमपी)


नेपालखबर
माघ १७, २०८१ बिहिबार १३:२९, हङकङ

हङकङको सडकमा बेहोस अवस्थामा फेला परेका पाकिस्तानी पुरुषको मृत्यु भएको छ।

बुधबार बिहान सवा २ बजे क्वाईफङस्थित हिङफङ रोडमा बेहोस अवस्थामा एक गैरचिनियाँ पुरुष बेहोस अवस्थामा भेटिएको सूचना प्रहरीलाई पुगेको थियो।

घटनास्थलमै प्राथमिक उपचार गरी यानचाइ अस्पताल पुर्‍याइएका उनलाई सवा ३ बजे अस्पतालले मृत घोषित गर्‍यो। मृतक व्यक्ति ६३ वर्षीय पाकिस्तानी कामदारको भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार उक्त कामदारमा रोगको इतिहास रहेको बुझिएको छ। तर, स्वास्थ्य समस्या के थियो भन्ने विषयमा भने उनले खुलाएनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .