अखिल क्रान्तिकारीको अध्यक्ष पदमा विजय प्रकाश शर्मा सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।
लुम्बिनी प्रदेशमा २० मतले पछि पारेका विजयलाई कोशी र सुदूर पश्चिमबाट राईले जितेका छन्।
पछिल्लो मतपरिणामअनुसार कोसीमा १७ मत गणना हुँदा राईले ११ मत पाएका छन्। उपदेश यादवले ५ मत पाउँदा सापकोटाले १ र सुदिन पौडेलले १ मत पाएका छन्। यस्तै सुदूरपश्चिममा राईले १८ मत ल्याउँदा सापकोटाले १३ मत पाएका छन्।
बागमती प्रदेशमा मतगणना जारी छ। क्रान्तिकारीको ३२ वर्षे उमेर हद लगाएपछि पहिलोपटक प्रत्यक्ष चुनाव भएको हो। अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ।
लुम्बिनीमा मत गणना सकियो, विजय सापकोटालाई सबैभन्दा धेरै मत |
1.9k
Shares

प्रतिक्रिया