राजनीति


कांग्रेसको निर्णय- अध्यादेशबारे असहमति भए पनि संसद्‍मा बोल्न नपाइने

कांग्रेसको निर्णय- अध्यादेशबारे असहमति भए पनि संसद्‍मा बोल्न नपाइने

नेपालखबर
माघ १२, २०८१ शनिबार १७:२७, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले हालै सरकारले ल्याएका अध्यादेशहरुमा आफ्ना फरक मत वा असहमति भए पनि संसद्‍मा त्यसलाई व्यक्त गर्न नपाइने निर्णय गरेको छ। 

शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकमा यस्तो निर्णय भएको हो।

संसदीय दलको बैठकमा पनि यसबारे थप छलफल हुने र संसद्मा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरले जानकारी दिए। 

उनले भने, ‘भोलि र पर्सि संसदीय दलमा सांसदहरुका बीचमा पनि सघनरुपमा छलफल गरेर नेपाली कांग्रेस एउटै आवाज, एउटै स्वरका साथ संसद्‍मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदा एकढिक्का भएर प्रस्तुत हुने भन्ने निर्णय भएको छ।’ 

बैठकमा सभापति शेरबहादुर देउवाले केही कुरा भए अहिले नै भन्न तर संसद् र बाहिर गएर फरक मत नराख्न निर्देशन दिएको घिमिरेको भनाइ छ। 

देउवाको भनाइ उदृद्ध गर्दै उनले भने, ‘केही कुरा छन् भने यहीभित्र कुरा राखौं, नेपाली कांग्रेस एक भएर संसद् अधिवेशनमा प्रस्तुत हुने र बाहिर पनि एक भएर प्रस्तुत हुने भन्ने नै सभापतिज्यूको निर्देशन हो।’

आर्थिक क्षेत्रमा देखिनेगरी सुधारका काम गर्न केही विधेयकलाई संशोधन गर्नै पर्ने बाध्यता भएको हुनाले यसलाई अध्यादेशका रुपमा ल्याइएको देउवाको भनाइ थियो।

बैठकमा गृहमन्त्री रमेश लेखककले सरकारका कामकारबाहीबारे जानकारी दिएका थिए भने स्वाथ्यमन्त्री र कृषिमन्त्रीले आफ्नो मन्त्रालयका बारेमा बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad