राजनीति


प्रचण्डले ‘दलाल सरकार’ भनेकोमा वामदेवको दुखेसो

प्रचण्डले ‘दलाल सरकार’ भनेकोमा वामदेवको दुखेसो

नेपालखबर
माघ १२, २०८१ शनिबार १७:४६, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारलाई दलाल सरकार भनेर आलोचना गर्नु दुःखद भएको बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित एकदेव आलेको ५६ औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँगै चुनाव लडेका दलले सरकारको आलोचान गर्न नमिल्ने तर्क गरे। 

‘आलोचना त गर्नुभयो यो सरकार दलाल सरकार हो भनेर,’ गौतमको भनाइ थियो, ‘तपाईं सरकारमा भएको भए के हुन्थ्यो ? तपाईंको पार्टी सरकारमा गएन। चुनावमा पनि त्यही कांग्रेससित मिलेर, सरकारमा पनि त्यही कांग्रेससित मिलेर। अनि कांग्रेस के हो, कम्युनिष्ट के हो भनेर बखान गर्नुहुन्छ, भत्भताउनु हुन्छ। त्यहाँ मिलेर आउनुहुन्छ। पाए अहिले पनि मिल्ने कोशिस छ।’

उनले अब समाजवाद निर्माण गर्न लाग्नुपर्नेमा जोड समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad