राजनीति


एकीकृत समाजवादीका ओखलढुङ्गा अध्यक्ष वाग्लेले छाडे, कांग्रेसमै फर्किए

एकीकृत समाजवादीका ओखलढुङ्गा अध्यक्ष वाग्लेले छाडे, कांग्रेसमै फर्किए

नेपालखबर
माघ १०, २०८१ बिहिबार १५:३२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका ओखलढुङ्गा जिल्ला अध्यक्ष हंसराज वाग्लेले पार्टी परित्याग गरेका छन्। बिहीबार उनी एकीकृत समाजवादी त्याग्दै नेपाली कांग्रेसमै फर्किएका हुन्। 

कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई बुढानीलकण्ठमा माला लगाएर पार्टीमा स्वागत गरेका छन्। वाग्ले समाजवादीमा जानु पहिले नेपाली कांग्रेसकै जिल्ला सदस्य थिए। 

तर समाजवादीमा प्रवेश गरेपछि उनी ओखलढुङ्गाको जिल्ला अध्यक्ष तथा कोसी प्रदेश कमिटी सदस्य समेत थिए। 

समाजवादी खेलकुद महासंघको कोसी प्रदेश कमिटी संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्को कोसी प्रदेशको निवर्तमान सदस्य सचिव समेत हुन्। 

उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत हुन्। भलिबलका अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad