राजनीति


‘सगरमाथा संवाद’ को घोषणा मंगलबार

‘सगरमाथा संवाद’ को घोषणा मंगलबार

नेपालखबर
माघ ७, २०८१ सोमबार १७:२३, काठमाडौँ

सरकारले माघ ८ गते (मंगलबार) सगरमाथा संवादको घोषणा गर्ने भएको छ।

मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यक्रमको घोषणा गर्नेछन्।

कार्यक्रममा उपस्थित हुन परराष्ट्रमन्त्री आरजु राणा देउवा र वनमन्त्री ऐनबहादुर शाहीले कार्यक्रममा उपस्थित हुन सबैसँग आग्रह गरेका छन्।

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन सो कार्यक्रम आयोजना गरिएको हो।

अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष २०२५ को अवसर पारेर उक्त कार्यक्रम हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad