राजनीति


राहदानी, लाइसेन्स लगायतका सेवालाई प्रभावकारी बनाउन ईगभर्नेन्स कमिसनले काम गर्दैछ : मुख्यसचिव

राहदानी, लाइसेन्स लगायतका सेवालाई प्रभावकारी बनाउन ईगभर्नेन्स कमिसनले काम गर्दैछ : मुख्यसचिव

नेपालखबर
माघ ६, २०८१ आइतबार १७:४०, काठमाडौँ

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी लाइसेन्स, वैदेशिक रोजगार अनुमति पत्रको सहज वितरणका लागि ई-गभर्नेन्स कमिसन गठन गरिएको बताएका छन्।

आइतबार संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिमा बोल्दै उनले मुख्यसचिव संयोजक रहने गरी गठन गरिएको उक्त कमिसनले सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी काम गरिरहेको जानकारी दिए।

‘राहदानी, लाइसेन्स, वैदेशिक रोजगार लगायतका जतिपनि सेवा छन् यी सेवाको सहजताको लागि ई-गभर्नेन्स कमिशन बनाएका छौं,’ आर्यालले भने, ‘मुख्य सचिवकै संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरु बसेर प्रभावकारी सेवा प्रवाह गर्ने विषयमा हामीले काम गरिरहेका छौं।’

उनले नागरिकता विधेयक संसद्मा दर्ता भएको जानकारी गराउँदै विधेयक पास भइसकेपछि नागरिकले सहज रुपमा नागरिकता पाउनसक्ने बताए। आमाको नामबाट नागरिकता, बाबुको पहिचान नखुलेका नागरिक तथा एनआएनको मागलाई विधेयकले सम्बोधन गर्ने उनको भनाइ छ।

‘त्यस्तै नागरिकताको विषयमा आमाको नाउबाट नागरिकता लिने विषय र बुबाको ठेगान नभएको नेपालमा जन्मिएको नागरिकलाई नागरिकता दिने विषय, एनआरएनलाई सहजतापूर्व सहजतापूर्वक नेपाल प्रवेश गर्ने उनीहरुको मागलाई सम्बोधन गर्ने विषय समिटएको नागरिकता विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएर हाउसमा दर्ता भइसकेको छ,’ अर्यालले भने, ‘त्यसले नागरिकको मौलिक अधिकारका रुपमा रहेको नेपाली नागरिका उपभोग पाउन सक्नुहुन्छ।’ 

उनले सन् २०३५ सम्म्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको  उर्वा विकास मार्गचित्र रहेको समेत जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad