राजनीति


माधव नेपाललाई स्वागत गर्ने पक्षमा एमाले छैन : पोखरेल

माधव नेपाललाई स्वागत गर्ने पक्षमा एमाले छैन : पोखरेल

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १७:४३, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्वागत गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्। 

शुक्रबार समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी लगायतलाई प्रेस चौतारीमा स्वागत गर्दै उनले बिगतमा गरेका गल्तीका कारण पनि नेपाललाई स्वागत गर्न नसकिने जिकिर गरे।

‘जसरी अहिले तपाईंहरुलाई सम्मान दिएको छ नि, त्यसरी नेकपा एमालेले सम्मान दिने हो भने उहाँ (मावध नेपाल)नै आउनुहुन्छ,’ पोखरेलले भने, ‘तर उहाँले जे गल्ती गर्नुभएको छ, त्यो गल्तीबापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन। त्यसैले उहाँले अरुलाई रोक्न खोज्नुभएको छ।’

आफ्नो भविष्य के छ भन्ने कुरा माधव नेपालले सबभन्दा नजिकबाट बुझेको भन्दै पोखरेलले जति रोक्न खोजे पनि अब समाजवादीका कार्यकर्ता एमालेमा आउनबाट नरोकिने दाबी गरे। 

‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन म आब्हान गर्दछु’, उनले भने, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देख्नु भएको छ। अब उहाँले जति नै रोइकराइ गरेपनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्ने लहरलाई रोक्न सक्नुहुन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad