राजनीति


आज पनि बस्दै विपक्षी दलहरुको बैठक

दिउँसो संसद् भवनमा पत्रकार सम्मेलनको तयारी
आज पनि बस्दै विपक्षी दलहरुको बैठक

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०८१ शुक्रबार ८:५, काठमाडौँ

संसद्का ६ वटा विपक्षी दलको बैठक आज पनि बस्दैछ। 

शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको हो। 

बैठकपछि आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ।

गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो। बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको थियो। 

संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै विपक्षी दलले आपत्ति प्रकट गरेका छन्। 

बुधबार बसेको बैठकले विपक्षी दलको संयुक्त वक्तव्य तयार गर्न माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललाई जिम्मेवारी दिएको थियो। 

सरकारले संसद्लाई छलेर धमाधम अध्यादेश ल्याउन थालेपछि विपक्षी दलहरु जुर्मुराएका हुन्। 

सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत स्वेच्छाचारी ढंगले शासन चलाउन खोजेको भन्दै विपक्षी दलले सरकारलाई नियमित हिउँदै अधिवेशन बोलाउन दबाब सिर्जना गर्ने तयारी गरेका छन्। 

सरकारले तुरुन्तै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारीसमेत विपक्षी दलबीच भएको माओवादीका उपमहासचिव वर्षमान पुनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad