राजनीति


कर्मचारीको अवकाश उमेर ६५ वर्ष बनाउन योजना आयोगको सुझाव

कर्मचारीको अवकाश उमेर ६५ वर्ष बनाउन योजना आयोगको सुझाव

नेपालखबर
माघ ३, २०८१ बिहिबार १४:५१, काठमाडौँ

राष्ट्रिय योजना आयोगले कर्मचारीको अवकाशको उमेर ६५ वर्ष बनाउन सुझाव दिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा योजना आयोगका सदस्य डा. आरपी बिच्छाले अवकाशको उमेर ६५ बनाउन उपयुक्त हुने बताए।
 
नेपालीको औषत आयु बढेको, कार्यक्षमता वृद्धि भएको लगायतका विभिन्न कारणले अवकाशको उमेर बढाउन उपयुक्त हुने उनको भनाइ छ।निजामती बाहेक अन्य क्षेत्रमा हाल पनि अवकाशको उमेर ६० भन्दामाथि रहेको भन्दै उनले यसमा मात्रै खुम्च्याउन नहुने तर्क गरे ।

त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख डाक्टर योगेन्द्र बहादुर गुरुङले पनि अवकाशको उमेर बढाउनु पर्ने राय राखे। 

हालको रहेको अवकाशको उमेर (५८ वर्ष) धेरै पहिलेको व्यवस्था भएको भन्दै उनले अवकाशको उमेर बढाउन पर्ने बताए। अवकाशको उमेर जति कम भयो राज्यलाई त्यति नै भार हुने भन्दै उनले अवकाशको उमेर ६३ राख्न सुझाव दिए।

सरकारले ल्याएको निजामति सम्बन्धी विधेयकमा भने अवकाशको उमेर ६० वर्ष हुने प्रस्ताव गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad