युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन्।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा मन्त्रीहरुसँग गरेको छलफलमा उनले आफ्नो मन्त्रालयमा अनावश्यक हस्तक्षेप हुने गरेको गुनासो गरेका थिए।
‘केही कुरामा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुभएको छ, कतिपय ठाउँमा आफ्नै मानिस राख्नुहुन्छ,’ चौधरीले देउवा समक्ष भने, ‘काम गर्ने सवालमा प्रधानमन्त्रीको दबाब आएको कुरा अरु मन्त्रीहरुले पनि सुनाउनुहुन्छ।’
987
Shares

प्रतिक्रिया