विपक्षी दलहरूले कार्यदल गठन गरेका छन्। बुधबार बिहान प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको हो।
समसामयिक विषयमा विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको एक नेताले जानकारी दिए।
त्यसबारे धारणा सार्वजनिक गर्न उनीहरूले भोलि पत्रकार सम्मेलनसमेत आयोजना गर्ने भएका छन्। पत्रकार सम्मेलनमा जानुअघि विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको माओवादी केन्द्रका नेता पुनले जानकारी दिए।
विपक्षी दलहरुको बैठकमा नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायतको बैठकमा सहभागिता थियो।
Shares

प्रतिक्रिया