सहकारी ठगी मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो साढे १२ बजेतिर सुरु लामिछानेको बयान केही बेरअघि सकिएको हो।
थुनछेक बहस पनि आजै केही बेरपछि हुने अदालतले जनाएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए।
831
Shares

प्रतिक्रिया