राजनीति


सांसदहरूलाई ट्रेड युनियन अधिकार खुम्च्याउने बहस नगर्न चेतावनी

सांसदहरूलाई ट्रेड युनियन अधिकार खुम्च्याउने बहस नगर्न चेतावनी

शुक्रबार जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठक


नेपालखबर
पुस २६, २०८१ शुक्रबार १४:२१, काठमाडौँ

ट्रेड युनियन अधिकार खुम्च्याउने बहस धेरै नगर्न कर्मचारी नेताहरूले सांसदहरूलाई चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको जारी बैठकमा कर्मचारी नेताहरूले ट्रेड युनियन अधिकार खुम्च्याउने गरी धेरै बहस नगर्न सांसदहरूलाई चेतावनी दिएका हुन्।

नेकपा एमालेनिकट निजामती कर्मचारीहरूको छाता संगठन निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियनलाई व्यवस्थित बनाउन बहस आवश्यक रहेको तर ट्रेड युनियन खारेजीको बहस धेरै नगर्न आग्रह गरे।

कोइरालाले भने, 'ट्रेड युनियन अधिकारको कुरामा कम बहस भए हुन्थ्यो, यसलाई व्यवस्थित बनाउने कुरा गरौँ। सरकारले ल्याएको विधेयकमै दिएको अधिकारलाई फेरि सुरुदेखि बहस गर्न आवश्यक छैन।'

नेपाली कांग्रेसनिकट निजामती कर्मचारीहरूको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले ट्रेड युनियन अधिकारलाई एक इन्च पनि तलमाथि गर्न नसकिने बताए।

पोखरेलले भने, 'ट्रेड युनियन अधिकारलाई एक इन्च पनि तलमाथि गर्न सकिँदैन, सकिन्छ भने व्यवस्थित गरौँ। ट्रेड युनियन जुन अवस्थामा छ, त्यही अवस्थामा रहन्छ।'

राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा छलफल गर्ने क्रममा आज कर्मचारी नेताहरूसँग छलफल गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad