राजनीति


पाँचवटा संसदीय समितिको बैठक आज बस्दै

पाँचवटा संसदीय समितिको बैठक आज बस्दै

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८१ शुक्रबार १०:५२, काठमाडौँ

संघीय संसद् अन्तर्गतका पाँचवटा समितिको बैठक आज (शुक्रबार) बस्दैछ। 

महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो। 

महिला तथा सामाजिक मामिला समितिको बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। 

त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको संविधानको धारा २६५ बमोजिम गठन भएका आयोगहरूको संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरवलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धमा छलफल हुने बताइएको छ। 

दुवै समितिको बैठक बिहान ११ बजेको सिंहदरबारस्थित समितिकोे कार्यकक्षमा बस्ने बस्नेछ। 

त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचि राखिएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ। 

यी समितिको बैठक शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको छ। 

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad