समाज


काठमाडौँको न्यूनतम तापक्रम न घट्यो न बढ्यो (सूची)

काठमाडौँको न्यूनतम तापक्रम न घट्यो न बढ्यो (सूची)

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
पुस २६, २०८१ शुक्रबार १०:५३, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर बसेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) हिजो (बिहीबार) जत्ति नै ४.२ डिग्री सेल्सियस रहेको हो। 

महाशाखाको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६.१ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी एअरपोर्टमा ८.४ डिग्री सेल्सियस छ।  

हेर्नुहोस् तापक्रम विवरण (न्यूनतम आजका अधिकतम हिजोका)-

मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने बादल लाग्यो भने बढ्छ। 

फेरि यसको ठीक उल्टो दिउँसो आकाश सफा भयो भने घाम लाग्न पाउने भएकाले अधिकतम तापक्रम बढ्छ भने बादल लाग्यो भने घट्छ अर्थात् चिसो बढ्छ। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुन्छ।

आजको मौसम: कुन प्रदेशमा कस्तो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad