राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएकामा पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई पनि खुसी भएका छन्।
उनले शुक्रबार बिहानै सामाजिक सञ्जालमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘अदालतको विवेकपूर्ण निर्णय।’
हर्नुहोस् बाबुरामको पोस्ट-

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार साँझ छुटेका हुन्।
आज उनी पोखराबाट काठमाडौँ फर्किने उनको सचिवालयले जनाएको छ।
564
Shares

प्रतिक्रिया